पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राति देखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन । लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुदा पूर्व पश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहँ जाम लागेको छ ।
भरतपुर महानगरपालिका वडा नं. – २९ स्थित केराबारी र १७ किलो भन्ने ठाउमा सडक अवरुद्ध भएको छ । सडकमा लेदो सहितको पहिरो खसि रहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमालले जानकारी दिनु भएको छ । पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्ने देखिएकोले मंगलबार पनि दिनभर यातायात अवरुद्ध हुन सक्ने उनको भनाइ छ ।