देशभर मंगलबार आज नाग पञ्चमी पर्व मनाइदै

श्रावण शुक्ल पञ्चमीको दिन मंगलबार आज नाग पञ्चमी पर्व मनाइदै छ । मंगलबार बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोका माथि टँस्नाले सर्प वा नागको डर हुदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टास्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहि आएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिन देखि वर्षायाम समाप्त भइ हिउद सुरु भएको समेत मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार मंगलबार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.