एकैदिनमा देशभर ८ सय १४ जनामा कोरोनाको नयँ संक्रमण पुष्टि

एकैदिनमा देशभर ८ सय १४ जनामा कोरोनाको नयँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ५ हजार ४ सय १५ नमूना परीक्षण गर्दा उक्त संख्यामा नया संक्रमित थप भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २ हजार ७ सय ६२ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९ र २ हजार ६ सय ५३ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ पुगेको छ ।

संक्रिय संक्रमित मध्ये ४ हजार ९ सय ८५ जना होम आइसोलसनमा, १ सय ५९ जना संस्थागत आइसोलेसन, ३८ जना आईसीयू र ५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

त्यसैगरी विगत २४ घण्टामा २ सय ९९ जना कोरोना संक्रमण बाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.