पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार संग माग — सांसद मोदी

सत्तारूढ माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार संग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उहाले भारतीय आयल कर्पोरेसन (आइओसी) ले दुई पटक सम्म मूल्य सूची घटाएर पठाउदा समेत मूल्य समायोजन नगरिएकोमा आपत्ति जनाउनु भएको छ । उहाले तत्काल मूल्य घटाएर जनतालाई राहत दिन माग गरेका छन् ।

संसदमा विराटनगरको ढल, सुकुमबासी समस्या समाधान, बाढी प्रभावितको व्यवस्थापन र समग्र विकास बारे कुरा उठाएको, तर सुनुवाइ नभएको उहाले बताउनु भएको छ । मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरू माथि प्रक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाउनु भएको छ ।

यस्तै मोदीले संविधान जारी गर्नु अघि भएको थारू आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएकाहरू बारे पटक पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको बताउनु भएको छ । जेलमा रहेकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि उहाले सरकार संग माग गर्नु भएको छ ।

उनले अधिकार माग्दा थारू, मधेसी, दलित, जनजाति र महिला माथि राज्यले दमन गर्दै आएको बताउनु भएको छ ।

सम्बन्धित

Comments are closed.