देशभरको १७ वटा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

कोरोना संक्रमितहरुको निःशुल्क उपचारका लागि सरकारले देशभरको १७ वटा अस्पताल तोकेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ३१ असारको निर्णय अनुसार सरकाले निःशुल्क उपचारका लागि देशभर बाट अस्पताल तोकेको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमितको उपचार बापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको जनाएको छ  । यस संगै प्रत्येक प्रदेशमा कोभिडका बिरामीले निःशुल्क उपचार पाउने भएका छन ।

कोभिड संक्रमितको निःशुल्क उपचारका लागि बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् ६ वटा अस्पतालमा निःशुल्क सेवा दिने जनाएको छ  । बिरामीको अत्यधिक भिडभाड रहने काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निःशुल्क उपचारका लागि तोकिएको हो  । यस्तै, भरतपुर अस्पताल चितवन समेत निःशुल्क उपचारलाई छुट्याइएको छ  ।

यस बाहेक प्रदेश १ मा विराटनगर स्थित कोसी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान कोभिडको निःशुल्क उपचारका लागि छुट्याइएको छ  । मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा निःशुल्क उपचार हुनेछ  ।

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बाग्लुङको धौलागिरि अस्पतालमा कोभिड उपचार निःशुल्क हुनेछ  । यस्तै, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र नेपालगन्जको भेरी अस्पतालमा कोभिडको उपचार सेवा निःशुल्क गरिने व्यवस्था गरिएको हो  ।

कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन  । सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली र डडेल्धुरा अस्पताललाई कोभिडको निःशुल्क उपचारका लागि तोकिएको छ ।

सम्बन्धित

Comments are closed.