देशभरको केही स्थानमा मध्यम वर्षाको सम्भावना

देशभरको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ  । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय तथा पहिरो जान सक्ने जोखिम छ  ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन मौसम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.