एकैदिनमा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिनमा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

जस मध्ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यो संगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार २७५ जना होम आइसोलेसनमा रहेका छन् भने १५८ जना संस्थागत आइसोलेसन र ४३ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार थपिए संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।

सम्बन्धित

Comments are closed.