आगामी मंसिर ४ गते संघीय र प्रदेश सभाको चुनाव हुने भएको छ । यो संगै संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयँ मतदाता थपिने भएका छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयँ थपिने भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गते देखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।
पछिल्लो २÷३ दिन यताको अद्यावधिक विवरण नआएकोले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताउनु भएको छ । ६ महिना अघि सम्म मतदाता नामावली संकलन भएकोले यो अवधिमा निकै थोरै मात्रै नयँ नाम संकलन भएको हो ।
आयोगले असार १ देखि यस अघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको आयोगको भनाइ छ ।
आयोगले उनीहरुको विवरण छुट्टै राख्ने गरेको छ । स्थानीय तहबाट मृत्यु दर्ता गरेकाहरुले लगत समेत घटाउन हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने आयोगले जनाएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेकोले शुक्रबार देखि नामावली संकलनको काम रोकिने आयोगले जनाएको छ ।
Comments are closed.