सुनको मूल्यमा बृद्धि , चा“दीको स्थिर

बिहीबार सुनको मूल्य बढेको छ भने चा“दीको स्थिर रहेको छ । नेपाल सुन चा“दी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाले वृद्धि भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैया र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयँ थियो ।

बिहीबार चा“दीको प्रतितोला मूल्य १ हजार २१० रुपैयामा तोकिएको छ । बुधबार चा“दी प्रतितोला १ हजार २१० रुपैयामै कारोबार भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.