नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने

  1. नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार जारी गरेको सूचना अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।

ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

सम्बन्धित

Comments are closed.