बुधबार देशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको केहि क्षेत्रमा भारी बर्षाको सम्भावना भएको हुदा पहिरो खस्ने, नदी तथा खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रका नागरीकहरुलाई आवश्यक सर्तकता अपनाउन मौसम बिभागले आग्रह गरेको छ ।