पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरि रहेको छ । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ ।
अर्थात् अबको करिब पँच महिना पछि पोखरामा विदेश बाट समेत सिधै उडान–अवतरण हुनेछ । नियमित उडान सुरु गर्नु अघिका सबै प्राविधिक पक्ष यो पँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरि रहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले १ जनवरी अघि सबै तयारी सक्ने बताउनु भयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरि रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनु भयो ।