देशभर हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाए

शुक्रबार देशभर हिन्दु धर्मावलम्बीहरुले जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाएका छन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहिबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकोले शुुक्रबार जनैपूर्णिमा मनाइएको हो ।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जल सेचन गराइएको जनै धारण गर्ने परम्परा रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.