महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को दोस्रो दिनको खेलमा भीनपा ४ र उद्योग वाणिज्य संघ विजयी भएका छन् । आईतवार भएको पहिलो खेलमा भीनपा ३ र भीनपा ४ विच भएको थियो । भीनपा ४ ले खेल सुरु भएको पहिलो हाफको १८ औ मिनेटमा मान बहादुर चन्दले गोल गरेका थिए ।
त्यस पछिको खेलमा उक्त टिमका खेलाडहिरुले आफनो टिमलाई जित दिलाउन ९ गोल हानेका थिए भने, प्रतिद्धन्दी भीनपा ३ ले कुनै पनि गोल फर्काउन सकेन । सोही दिन भएको दोस्रो खेल भीनपा र कञ्चनपुर उद्योग वाणिज्य संघ विच भएको थियो ।
उक्त खेलमा कञ्चनपुर उद्योग वाणिज्य संघले ५ गोल हानेर जित आफनो पोल्टामा पार्न सफल भएको छ । उसको प्रतिद्धन्दीको रुपमा रहेको भीनपाले कुनै पनि गोल गर्न सकेन । यस्तै आज हुने खेलहरुमा आदर्श नेपाल र भीमदत्त नगरपालिका २ विच हुने छ भने, अर्काे खेल सोही दिन भीमदत्त नगरपालिका ३ र निर्माण व्यवसायी संघ विच हुने आयोजकले जनाएको छ ।
यसैगरी मंगलवार हुने खेलहरुमा उद्योग व्यवसायी संघ र नगर खेलकुद दोधाराचाँदनी विच हुने छ भने सोही दिन अर्काे खेल, नगर खेलकुद वेदकोट र आदर्श नेपाल विच हुने भएको छ ।
बुधवार भीमदत्त नगरपालिका र दोधरा चादनी नगरपालिका विच खेल हुनेछ भने सोही दिन अर्काे खेल भीमदत्त नगरपालिका ४ र निर्माण व्यवसायी संघ विच हुने भएको छ । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
Comments are closed.