महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को पाँचौ बुधवारको खेलमा दोधारा चादनी नगरपालीका र भीनपा ४ विजयी भएका छन । बुधवारको पहिलो खेलमा दोधारा चादनी नगरपालिका र भीमदत्त नगरपालिका विच भएको थियो उक्त खेलमा दोधारा चादनीले भीमदत्त नगरपालिकालार्ई ४ गोल प्रहार गरेको थियो भने, उक्त खेलमा भीमदत्त नगरापालिकाले एक गोल पनि फर्काउन गर्न सकेन ।
दोधारा चादनीका खेलाडी जितेन्द्र पुन, मोहन गुरुङ, दुर्गा बहादुर भण्डारी, र किशोर कुमार लिम्बुले आफनो टिमालयृ जित दिलाउन समान १ गोल प्रहार गरे । यस्तै दोस्रो खेलमा भीमदत्त नगरपालिका ४ र निर्माण व्यवसायी संघ विच भएको थियो । उक्त खेलमा भीनपा ४ ले निर्माण व्यवसायीलाई ४ गोल प्रहार गरेको थियो ।
त्यसको विरुद्धमा रहेको संघले एक गोल पनि फर्काउन सकेन, आफनो टिमलाइृ जित दिलाउनका लागी भीनपा ४ का खेलाडीहरु अशोक सिंह, गणेश चटौत, मानबहादुर चन्द, र नरेन्द्र रावतले समान १ गोल प्रहार गरेका थिए । विहिवार वेदकोट नगरपालिका र दोधारा चादनी विचि खेल हुने भएको छ । भने शुक्रवार दोधारा चादनी र भीमदत्त नगरपालिका ४ विच खेल हुने भएको छ । यसैगरी शनिवारको दिनमा भीमदत्त नगरपालिका र वेदकोट नगरपालिका विच खेल हुने आयोजक आदर्श नेपालले जनाएको छ ।
आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
Comments are closed.