महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को फाईनल खेल वेदकोट नगरपालिका र भीमदत्त नगरपालिका ४ विच हुने भएको छ । शनिवारको आठौै दिनको खेलमा भीमदत्त नगरपालिका ४ विजयी भएपछि उसले आफनो फाईनलको यात्रालाई अगाढी बढाएको आयोजक आदर्श नेपालका सचिव मिना कुँवरले जानकारी दिनु भयो ।
यो अघी शुक्रवार भएको खेलबाट वेदकोटले आफनो यात्रा फाईनलमा पक्का बनाई सकेको थियो । शनिवार भीमदत्त नगरपालिका ४ र दोधारा नगरपालिका विच खेल भएको खेलमा भीमदत्त नगरपालिका ४ का खेलाडी गणेश चटौतले प्रहार गरेको १ गोल नै जितको लागी प्रयाप्त भएको थियो । उक्त खेलमा भीमदत्त नगरपालिका ४ ले हानेको १ गोल नै टिमलाइ फाईनलमा पय्राउने निर्णायक गोल बन्न पगेको छ ।
अबको फाईनल खेल कार्तिक १२ गते २ बजेदेखी संचालनमा आउने आयोजक आदर्श नेपालका सचिव कुँवरले जानकारी दिनु भएको छ ।आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
Comments are closed.