महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को उपाधी भीमदत्त नगरपालिका ४ ले उचाल्न सफल भएको छ । सोमवार भएको फाईनल खेलमा विजेता भीमदत्त नगरपालिका ४ र वेदकोट नगरपालिका विच खेल भएको थियो ।

भीमदत्त नगरपालिकाले २ गोलले जित आफनो पोल्टामा पानृ सफल भएको छ । पहिलो हाफ सुरु भएको ८ मिनेटमा भीमदत्त नगरपालिकाका खेलाडी अशोक सिंहले १ गोल गरे भने अर्का खेलाडी गणेश चटौतले दोस्रो हाफमा अर्काे गोल गर्न सफल भए ।

यसरी दुवै खेलाडीहरुले गरेको २ गोलले नै भीमदत्त नगरपालिका ४ लाई विजयी हुन सफल भयो । यसैगरी आजको खेलमा भीमदत्त नगरपालिका ४ का खेलाडी महेन्द्र चन्दले म्यान अफ द म्याच र बेस्ट डिफेन्डर पाए भने, बेस्ट गोल किपरमा भीमदत्त नगरपालिका ४ का खेलाडी शंकर श्रेष्ठले पाए बेस्ट मिड फिल्डरमा वेदकोट नगरपालिकाका सुरेश आलेले पाए, बेस्ट स्टाइकरमा वेदकोट नगरपालिकाका खेलाडी झंकरराज जोशलिे पाए ।

यसैगरी खेल अवधीमा अनुशासित टिममा भीमदत्त नगरपालिका २ रहेको आयोजकले जनाएको छ । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमभीमदत्त नगरपालिका ४ ले ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी पाएको छ भने, दोस्रो हुने टिम वेदकोट नगरपालिकाले नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी पाएको छ ।
Comments are closed.