भारतको कुम्भमेला भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि
महेन्द्रनगर । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् ।
अधिकारीहरूका अनुुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको महाकुम्भका डिआईजी बैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ुअमृतस्नानु का बेला घटना भएको हो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार भिडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको जनाइएको छ । बुधबार करिब १० करोडले स्नान गर्ने अनुमान गरिएको थियो ।
अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्मम ३ करोडले स्नान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ुप्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,ु मोदीले सामाजिक सञ्जालमा लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।
Comments are closed.