कञ्चनपुरमा रहेका लोपोन्मुख जात उरावले यसरी मनाए वार्षिक करम पूजा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको लोपोन्मुख जात उराव झागड समाजको वार्षिक करम पूजा पर्व सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा एक कार्यक्रमको आयोजना गर्दै बुधवार र विहिवार २ दिन गरी वार्षिक करम पूजा सम्पन्न गरिएको हो ।

हाम्रो संस्कृति,हाम्रो पहिचान, संस्कृति जोगाउन हाम्रो अभियान भन्ने मुल नाराको साथमा वार्षिक करम पूजा सम्पन्न भएको आयोजक नेपाल उराव झागड समाजका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष अनिल उरावले जानकारी दिए । हाम्रो जातीलाई सरकारले लोपोन्मुख जातिको रुपमा सूचिकृत गरेको भएपनि आफुहरुले पाउनु पर्ने सेवासुविधाहरु केही पनि नपाएको उनले बताए ।

अहिले आफुहरुलाई पूजा गर्नका लागी मन्दिरको आवस्यक्ता रहेको बताउँदै स्थानिय सरकारले यस्को व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे, आफुहरुले मन्दिर निर्माणको सुरुवात गरेको भएपनि आर्थिक अभावले अहलिे निर्माण कार्य पनि रोकिएको बताए ।

उनले अहिले आफना बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य लगायतको सुविधा सरकारले दिनु पर्ने र आफनो मौलिक परम्परा संस्कृतीलाई जेगर्ना गर्नका लागी स्थानिय सरकारले बजेट विनियोजन गरिदिन उनले माग राखे, उराव जातको आफनै मुल्य मान्यता रहनसहन रितिरिवाज रहेको हुँदा यसको संरक्षण जेगर्ना गर्न सरकारको पनि दायित्व रहेको हुँदा यस्तो लोपोन्मुख जातको बिभन्न पक्षबाट संरक्षण सिप मुलक तालिम प्रदान गर्न उनले स्थानिय सरकारसंग आग्रह गरे,

अहिले सरकारले अन्य लोपोन्मुख जातलाई संरक्षण गर्नका लागी मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको भएपनि आफनो जातीलाइ सरकारले कुनै पनि व्यवस्था नगरेको उनले बताए । अहिलेको यो दुई दिने कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्वर १८ले दिएको ५० हजारले मनाएको तर यसको खर्च लगभग २ लाख ५० हजार रुपैँया खर्च भएको उनले बताए ।

आगामी दिनमा स्थानिय सरकार प्रदेश सरकार संघिय सरकारले पनि बजेटको व्यवस्था गरिदियो भने आफनो मौलिकपन बोकेको यो समाज लोप हुनबाट बच्न सक्ने उनले बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले आफुले यो समुदायको लागी पालिकाबाट हुन सक्ने सहयोग र वडा मार्फत योजना आए आफुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे,

साथै कञ्चनपुर जिल्ला संस्कृतिको धनी भएको र बिभिन्न क्षेत्रका जनजाती आदिवासीहरु यो जिल्लामा बसोबास गरिरहेको अवस्थामा यो उराव जातीको उत्थान विकास संरक्षणका लागी आफुले गर्ने साथ र सहयोगका लागी आफु सदैव तत्पर रहेको जिकिर गरे ।

आफु पनि आदिवासी जनजाती समजामा हुर्किएर आएको भएर आफुलाई रहनसहन संस्कृती मुल्य मान्यताको विषयमा जानकारी भएको र यसलाई संरक्षण गर्न जेगर्ना गर्न आफु तैयार रहेको बताए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलमलेखकले उराव जाती समुदायको हक हितका साथै उनिहरुलाई सिप मुलक कार्यक्रम प्रदान गर्ने उनिहरुलाई भीमदत्त नगरपालिकाले आर्थिक रुपमा शसक्त बनाउने कार्य गरेको बताए ।

लोपोन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्वमाझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आयआर्जन समेत हुने कार्यक्रमका बिशिष्ट अतिथी एवम वडा नम्वर १८ का अध्यक्ष रविन्द्र देवकोटाले बताए । आफुले लोपोन्मुख झागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक बजेटको व्यवस्थापन गरेर काम गर्दै आएको, बताए ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.