संजिवनीले महिलाहरुलाई उद्यमशीलता तर्फ उन्मुख गराँउदै

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको वडा नम्वर १० का महिलाहरुले विभिन्न तालिम पाएपछि अहिले उद्यमशिलता गर्नमा अग्रसरता दिई रहेका छन् । डिसिएको आर्थिक सहयोगमा सन्जिवनी नेपालले संचालन गरेको वर्थ कार्यक्रम अन्तरगत महिला उद्यमशिलता विकास कार्यक्रममा सुदूरपश्चिम पैरवी महिला संजाल भीमदत्त नगरपालिका १० का महिलाहरुले आफुले गर्ने उद्यमशिलता छनौट गरेका छन् ।

मंगलवार एक कार्यक्रमको आयोजना गर्दै समुहका महिलाहरुले सम्भावित उद्यमशिलताको आवस्यक्ता पहिचान गरेका छन् । जसमध्ये उनिहरुले गर्न सक्ने उद्यमलिता अन्तिममा छनौट गरेका छन् । भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाहरुमा महिला समुह गठन गरीएका छन् ।

उनिहरुलाई संस्थाले विभिन्न तालिम प्रदान गरेरको छ । यो उद्यमशिलता छनौट गरिकसेपछि फेरी पछि विभिन्न तालिमहरु पनि प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो । जलवायु, पर्यावरणलाई सहयोग मिल्ने खालका उद्यमी महिलाहरुलाई सहयोग गर्ने र समुहमा लगानी गर्ने उनिहरुलाई उद्यमशिलतासंग जोडने योजना रहेको बताउनु भयो ।

उहाँहरुको आवस्यक्ता अनुरुप उहाँहरुले नै छनौट गरेका हरियाली प्रवद्र्धन गर्ने खालका उद्यमशिलतालाई प्राथमिकतामा राखेर समुहमा लगानी गर्ने र त्यसको पूर्व तयारी गराई उहाँहरुलाई व्यापार व्यवसायलाई कसरी संचालन गर्न सकिन्छ भन्ने तालिम पनि प्रदान गर्ने बताउनु भयो । साथै समुहका महिलाहरुलाइ वित्तीय साक्षरता तालिम दिने, व्यवसायीकरण गर्ने योजनाको तालिम दिने, र उहाँहरुले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्नमा सहयोग गर्ने योजना रहेको निर्देशक भट्टले बताउनु भयो ।

यो समुहले १३ वटा सम्भावित योजनाहरुमा छलफल भएको भएपनि पछि सबैले ड्रागन खेती र केरा खेती गर्नेमा सहमत भएको बताउनु भयो । महिलाहरुको आर्थिक रुपमा पनि वुद्धि होस, उनिहरुले आफनो खर्च आफै चलाउन सकुन भनेर समुहमा लगानी गरेर उनिहरुलाई रोजगारीमुखी बनाउने योजना रहेको बताउनु भयो ।

समुहकी सदस्य मन्जु तिरुवाले संस्थाले महिला हिँसामा परेकालाई कसरी न्याय दिन सकिन्छ, जलवायु परिवर्तन, महिलाहरु कसरी बढी प्रभावित भईरहेका छन् भन्ने विाषमा आफुहरुलाई विभिन्न तालिमहरु प्रदान गरेको बताउनु भयो । साथै आज पनि आफुहरुले गर्न सक्ने उद्यमहरु छनौट गरेको र पछि विभिन्न तालिम दिएपछि आफनै ठाँउमा केराखेती र डागनको खेती गर्ने योजना रहेको बताउनु भयो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.