महेन्द्रनगर । नेपाल क्यानडा पर्यटन संस्कृती तथा व्यापार केन्द्रले कञ्चनपुरमा रहेका नौ वटा पालिकासंग छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विहिवार भीमदत्त नगरपालिकाको सभा हलमा संस्थाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, विकास विषयक सम्बन्धमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले निकट भविश्यमा नौ वटै पालिकाहरु संग सम्झौता गरेर माथी उल्लेखित विषयहरुमा रहेर योजना बनाएर काम गर्ने जनाएको छ ।
आजको कार्यक्रममा सबै पालिकाहरुलाई आफनो प्रस्ताव पेश गर्न पनि संस्थाले आग्रह गरेको छ । उक्त कार्यक्रममा समन्वय प्रमुख उपप्रमुख, नौ वटै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, शिक्षा शाखाका प्रमुख, स्वास्थ्य शाखाका प्रमुख, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरु, शिक्षक समाजसेवी, वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले आफनो विद्यार्थी जिवनमा क्यानडामा अध्ययन गर्न गएर अहिले २ दशक पछि आफनो देशमा समृद्धी ल्याउन विकास गर्न जनचेतना मुलका कार्यक्रम गर्नको लागी आउनु भएका संस्थाका अध्यक्ष नरबहादुर टन्डनलाई धन्यवाद व्यक्त गर्नु भयो ।
साथै उहाँले नेपालमा विकास गर्नका लागी माथी उल्लेखित सबै विषयवस्तुहरु आवस्यक पर्ने भएकाले संस्थाले आएर कञ्चनपुरमा काम गर्नु भनेको यहाँका स्थानियहरुलाई नै सहजता हुने, सजिलो हुने जनचेतना फैलिने बताउनु भयो । कञ्चनपुरमा पर्यटकिय क्षेत्रहरु प्रस्तत रहेको अवस्थामा थोरै मात्र पनि आर्थिक लगानी उचित प्रचार प्रसार गर्न सके पर्यटकहरु पनि आउने र स्थानियलाई फाईदा पुग्ने बताउनु भयो ।
यस्तै अउक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रशाद शर्माले अहिलेको समयमा विदेशमा बस्ने धेरै नेपालीहरु भएपनि आफनै मुलुकमा विकास गर्न, जनचेतना मुलका कार्यक्रम गर्न भनेर लगानी गर्ने निकै न्युन रहेको बताउनु भयो । त्यो न्युन मध्येका एक संस्थाका अध्यक्ष नरबहादुर टन्डनलाई कञ्चनपुरमा स्वागतका साथै संस्थाले चाहेको लक्ष्य उदेश्य माथी सबै पालिकाले साथ र सहयोग रहने बताउनु भयो ।
अहिले जिल्लामा काम गरिरहेका धेरै संघसंस्थाहरु रहेको अवस्थामा सबैले साथ र सहयोग गरिरहेको र यो संस्थालाई सबै पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जोहर गर्नु भयो । यसैगरी, वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले विभिन्न विषयमा रहेर आफनो पालिका लगायत जिल्लाभरीमा काम गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै स्थानले कुनै पनि फरक नपर्ने बताउनु भयो । चाहे झापा होस चाहे कञ्चनपुर होस या दाङ होस आफनो सोच विचार र व्यवहारले फरक पार्ने बताउनु भयो ।
विदेशमा रहेर पनि सुदूरपश्चिमको माया पुरै देशको लागी माया गरेर यहाँका स्थानिय बालबालिकाहरुको पिडालाई कम गर्नका लागी आफनो लगानी दिनलाई आउनु भएकोमा खुसी लागेको बताउनु भयो । यस्ता ठुलो मन भएका व्यक्तीहरु पछिल्लो समयमा कमी भएको बताउनु भयो । साथैले गर्ने विकासको योजनामा पालिकाले सहयोग गर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष नरबहादुर टन्डनले विगत नौ महिनादेखी पहिलो चरणमा कञ्चनपुर सहित सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, महिनावारी लगायतको विषयमा काम गरिरहेको बताउनु भयो । निकट भविश्यमा नौ वटा पालिकाहरुसंग सम्झौता गरेर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, विकासको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर आजको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथै पालिकाहरुको समस्यामा साझेदारीमा रहेर कसरी काम गर्न सकिन्छ भनेर छलफल गरिएको बताउनु भयो ।