मन्त्र अस्पतालद्वारा गड्डाचौकी नाकामा हेल्थ डेस्क संचालनमा

महेन्द्रनगर । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले पश्चिमी सिमानाका गड्डाचौकीमा हेल्थ डेस्कको स्थापना गरेको छ । अहिले भारतका विभिन्न शहरमा कामको लागी गएका हरु चाडपर्व नजिकिए संगै आफनो गाँउघरमा फर्किरहेका छन् । उनिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दे अस्पतालले निशुल्क हेल्थ डेस्कको स्थापना गरेको हो ।

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले हरेक वर्ष झै यो वर्षमा पनि अस्पतालले भारतबाट आउने नेपालीहरुलाई लक्षित गरेर हेल्थ डेस्क संचालन गरेको बताउनु भयो । सिमा नाकामा स्वास्थ्य चेकजाँच गरेर आफनो गाँउमा जानु सुरक्षित रहने र यदी कुनै विरामी रहेको खण्डमा उपचार गरेर अरुलाई पनि सुरक्षित रहन सहयोग पुग्ने डा. रोकायले बताउनु भयो ।

अहिले उक्त हेल्थ डेस्कबाट ज्वरो, बिपी, आकस्मिक विरामीलाई निशुल्क रुपमा औषधी वितरण, निशुल्क स्वासथ्य परामर्श, यदी विरामीलाई भर्ना गर्नु पर्ने अवस्थामा उपचारमा पनी छुटको व्यवस्था रहेको डा. रोकायले बताउनु भयो ।

पछिल्लो समय मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ अस्पतालले विभिन्न बाढी पिडित क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविरको आयोजना, जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम, सरसफाई कार्यक्रम लगायतका सामाजिक क्षेत्रमा उल्लेखनिय कार्यहरु गर्दै आईरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.