महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५० हजार बराबरको पटाका बरामद गरिएको छ । भारतबाट आयात भइरहेको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीका अनुसार उक्त पटाका नष्ट गरिने छ । चाँडपर्वका बेला पटाका लगायत अवैध सामान भित्रिन सक्ने भएकाले नाकामा कडाई गरिएको उनले बताए ।
Comments are closed.