महेन्द्रनगर । डडेलधुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक बालिकाको शवको फेला परेको छ। सोही ठाउँकी १४वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमलेबताए।
हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ। बलात्कारपछिहत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेकोस्थानीयको भनाइ छ।
तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएकोबताएको छ।
डडेलधुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन। प्रहरीलेआज बिहान शव उठाएर पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ।
Comments are closed.