आदर्श कप भेट्रान पूरुष फुटबलको तेस्रो दिनमा आदर्श नेपाल र निर्माण व्यवसायी विजयी

महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को तेस्रो दिनको पहिलो खेलमा आयोजक आदर्श नेपाल र निर्माण व्यवसायी संघ विजयी भएका छन् । सोमवार भएको पहिलो खेलमा भीमदत्त नगरपालिका २ र आदर्श नेपाल विच भएको थियो । आयोजक आदर्श नेपालले ३ गोल हान्न सफल भयो भने, प्रतिद्वन्दी भीमदत्त नगरपालिकाले एक गोल पनि आदर्श नेपालको विरुद्ध फर्काउन सकेन ।

भीनपा ३ र निर्माण व्यवसायी संघ विच भएको खेलमा भिनपा ३ का खेलाडी माथी कम उमेरको खेलाडी खेलाएको भन्दै विवाद भएपछि निर्माण व्यवसायीलाई विजयी घोषीत गरिएको आयोजकले जनाउको छ । मंगलवार आज हुने खेलहरुमा उद्योग व्यवसायी संघ र नगर खेलकुद दोधाराचाँदनी विच हुने छ भने सोही दिन अर्काे खेल, नगर खेलकुद वेदकोट र आदर्श नेपाल विच हुने भएको छ ।

बुधवार भीमदत्त नगरपालिका र दोधरा चादनी नगरपालिका विच खेल हुनेछ भने सोही दिन अर्काे खेल भीमदत्त नगरपालिका ४ र निर्माण व्यवसायी संघ विच हुने भएको छ ।

आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित

Comments are closed.