आदर्श कप भेट्रान पूरुष फुटबलको शुक्रवार भएको खेलमा वेदकोट नगरपालिका विजयी

महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को शुक्रवारको सातौ दिनको खेलमा वेदकोट नगरपालिका विजयी भएको छ । वेदकोट नगरपालिका र भीमदत्त नगरपालिका ४ विच खेल भएकोमा वेदकोटले १ गोलले जितलाई आफनो पोल्टामा पार्न सफल भएको आयोजक आदर्श नेपालका सचिव मिना कुँवरले जानकारी दिनु भयो ।

पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन, दोस्रो हाफमा वेदकोट नगरपालिकाका खेलाडी झंकराज जोशीले एक गोल गर्न सफल भ एभने सोही गोल टिमको लागी विजयी गोल बन्न सफल भयो ।

सुरुवातदेखी दिनमा २ वटा खेल हुँदै आएपनि शुक्रवार भने, एउटा मात्रै खेल भएको थियो । शनिवारको दिनमा दोधारा चादनी र भीमदत्त नगरपालिका ४ विच खेल हुने आयोजक आदर्श नेपालका सचिव मिना कुँवरले जानकारी दिनु भयो ।

आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।

 

सम्बन्धित

Comments are closed.