महेन्द्रनगर । आफनो दशै र तिहारको खर्चलाई जोगाएर दुई जना बालक विद्यार्थीहरुले अनाथालयमा खाद्यन्न सहयोग गरेका छन् । मंगलवार आफनो जन्मदिनको अवसर पारेर भीमदत्त नगरपालिका १८ मा बस्ने दाई रुबन र भाई रियार्थ जोशीले समाज कल्याण अञ्चल बाल अनाथालयमा सहयोग गरेका हुन ।

आफुले दशै र तिहारमा पाएको खर्च गर्ने रकमलाई जम्मा गरे अनाथालयमा आफनो जन्मदिनमा केही खाद्यन्न, नास्ता, दही जेरी सहयोग गरेको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ५ मा अध्यनरत विद्यार्थी रुबनले बताए । धेरै जना म जस्तै बालबालिकाहरुले दशै तिहारमा पाएको पैसाहरु खर्च गर्ने गर्दछन, तर आफुले र भाई रियार्थले उक्त रकमलाई जोगाएर अनाथालयमा रहनु भएका दाजु भाईहरुलाई सहयोग गरेको बताए ।

उनले आफनो जन्मदिनहरु यस्तै अनाथालयमा आएर मनाउन आग्रह गरेका छन् । बाहिर होटलमा गएर फजुलमा खर्च नगरी अनाथालयमा आएर आफनो खुसीका दिनहरु मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।

बाल अनाथालयका सदस्य दिवाकर भट्टले यसरी आफनो खर्च वाफतको रकमलाई जोगाएर अनाथालायमा आएर यहाँ रहेका वालवालिकाको मुहारमा खुसी दिएर खाद्यन्न सहयोग गरेको प्रती धन्यवाद व्यक्त गरे, उनले अन्य सबैलाई पनि यसरी नै अनाथालयमा आएर आफनो जन्मदिन अन्य खुसीका दिनहरु मनाई दिन आग्रह गरेका छन् ।
Comments are closed.