सुदूरपश्चिम जापान कराते डो कोशिकाईका खेलाडीहरु भारतको फरिदाबादमा खेल खेल्न प्रश्थान

महेन्द्रनगर । । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडीहरु भारतको फरिदाबादमा खेल खेल्न प्रश्थान गरेका छन् । बिहिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले खेलाडीहरुलाई विदाई गर्नु भएको छ ।

प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगिता खेल्न ४ जना खेलाडीहरु १ जना कोचलाई प्रमुख जिल्ला अधिकारी सापकोटाले राष्ट्रिय झन्डा खादा र टीका लगायर बिदाई गर्नु भएको छ । केही दिन अगाढी मात्रै भारतको कोलकत्तामा भएको अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदकसहित प्रथम स्थान हारिल गरेको थियो ।

विगतमा ३ स्वर्ण पदक विजेता गणेश भट्ट, २ स्वर्ण विजेता विशाल भट्ट, १ स्वर्ण विजेता शिद्धराज राना र दिपक भट्ट गरी ४ जना खेलाडीहरु खेल खेल्न फरिदाबाद गएका हुन् । अहिले पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरेर फेरी प्रथम हुने आशा रहेको प्रमुख जिल्ला अधिकारी सापकोटालदे बताउनु भयो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले पौष १२ देखी १४ गतेसम्म भारतको फरिदाबादमा हुने खेलमा भारतबाट नै आयोजकले ससम्मानका साथमा निमन्त्रणा गरेको भएर नेपालबाट प्रतिनिधित्व गर्न सहभागी जनाउन लागेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.