क्रिकेटको लागी कञ्चनपुरलाई सम्मान गर्नु पर्छ ः नेपाल क्रिकेट संघ अध्यक्ष चन्द

महेन्द्रनगर । नेपालको क्रिकेटलाई यो स्थानमा पुय्राउनका लागी कञ्चनपुरको अति नै महत्वपुर्ण योगदान रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनु भएको छ । कञ्चनपुरमा सुदूरपश्चिम स्तरिय लेबल व कोच कोर्षको तालिमलाई सम्बोधन गर्दे अध्यक्ष चन्दले अहिले भर्खर मात्रै सम्पन्न एनपिएलमा १२ जना खेलाडीहरु यसै कञ्चनपुर जिल्लाको रहेको भएर सबैले यो जिल्लालाई सम्मान र धन्यवाद दिनु पर्ने बताउनु भयो ।

कञ्चनपुरको माटोले क्रिकेटको ईतिहासमा नाम राख्ने विश्व रेकर्ड कामय गर्ने खेलाडीहरु दिएको भएर नै यो जिल्लालाई सबैले सम्मान गर्नु पर्ने बताउनु भयो । तर यो जिल्ला मा गतिलो क्रिकेट मैदान नहुनु, आफैमा दुखद रहेको र अभावमा पनि हिराहरु यसै जिल्लाबाट उदायमान भईरहेको र क्रिकेटको उचाईलाई विश्व समाु पहिचान दिन सफल भएको बताउनु भयो ।

स्थानिय पालिकाले यो क्रिकेट खेललाई जेगर्ना गर्न आवस्यक पर्ने भौतिक संरचनाहरु खेल मैदानको व्यवस्थापन गर्न सके अझै थुप्रै खेलाडीहरुले आफनो क्षमता देखाएर खेलकुदमा आफनो भविश्य सुनिश्चित गर्ने अध्यक्ष चन्दको भनाई रहेको छ । थुप्रै पालिकाले करोडौ रुपैया खेल मैदान निर्माण गर्नमा बजेट विनियोजन गरिएको भएपनि अझै अन्य पालिकाहरुले पनि साथ र सहयोग गरिदिए क्रिकेट खेलले गौरब गर्ने पर्यटक भित्रिने आर्थिक चलायमान पनि हुने बताउनु भयो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा रहनु भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले क्रिकेटलाई सुदूरपश्चिमको कुना कन्दरामा सम्मलैजानकालागी यो तिनदिने कोच व लेबल कोर्षको आयोजना गरिएको बताउनु भयो ।

यो विषम परिस्थितीमा सबैले आआफनो क्षेत्रबाट साथ सहयोग गरिदिए क्रिकेटको उज्जवल भविश्य रहेको भएर स्थानिय सरकार प्रदेश सरकार र संघय सरकारले विषेश भुमिका निर्भाह गर्नु पर्ने बताउनु भयो । तिनदिन सम्म आयोजना हुने उक्त कोर्षमा सुदूरपश्चिमका ३६ जनालाई व लेबलको कोर्ष प्रदान गरिने भएको छ ।

सम्बन्धित

Comments are closed.