महेन्द्रनगर । सुदूरपश्चिममा पहिलो पटक सार्क एजुकेशन फाउन्डेसनले उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकासका विषयमा विद्यार्थी संग प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
प्यानलमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननिय सरस्वती खडका, सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरका पूर्व डिन डा. टेकराज पन्त, सुदूरपश्चिम प्रदेश निति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, अनुसन्धान र तालिम केन्द्रका कार्यकारी निर्देशक गहेन्द्र बम, र पब्लिक स्पिकर रमेश प्रसाई रहनु भएको थियो । सार्क एजुकेशन फाउन्डेसनका विद्यार्थीहरुले व्यवसाय गदाृको सुरुवाती चरण, व्यापारको रणनिती र व्यवसाय प्रवद्र्धन, नव प्रवद्र्धन र सिर्जनशिलता, वित्तिय लगानीलगायतका विषयमा छलफल भएको थियो ।
विद्यार्थीहरुले अहिलेको यो शिक्षाले कसरी आफनो भविष्यलाई सुरक्षित गर्न सकिन्छ ? कसरी आफनो व्यवसायलाई फस्टाउन सकिन्छ ? कसरी योजना बनाउने ? कसरी विश्वसामु आफनो ज्ञान योजनालाई दिन सकिन्छ ? स्थानिय स्तरमा कसरी व्यापार व्यवसाय गर्न सकिन्छ ? आफनो उत्पादनलाई कसरी बजारीकरण गर्ने ? सुरुवात कसरी गर्न सकिन्छ ? भन्ने विषयमा प्रश्नहरु गरेका थिए ।
प्यानलमा रहनु भएका व्यक्तीत्वहरुले विद्यार्थीहरुले उठाएको प्रश्नहरुको जवाफ दिनु भएको थियो । विद्यालयका प्रमुख कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले नयाँ सोच र सम्भावनाको साथमा विद्यार्थीहरुलाई कितावी ज्ञानको साथमा अहिलेको नयाँ परिवेशमा जान सजिलो होस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
साथै, यो नयाँ जेनेरेशनमा आफैले कसरी भविश्य निर्धारण गर्न सक्छन ? कसरी आफनो बाटोमा आफै सक्षम भएर जान सक्छन ? आफनो अध्ययन पश्चात वाहिर देशमा जाने तर आफनै देशमा सम्भावना नदेख्नेहरुका लागी पनि यो कार्यक्रमले केही फाईदा पुय्राउने बताउनु भयो ।
अहिले कक्षा ६ देखी नै नेपालमा भएका सम्भावनाको विषयमा जानकारी दिने, नेपालमै केही गर्न सकिन्छ भनेर सुरुवात गर्ने गरेको र वौद्धिक व्यक्तित्वका विचमा प्रश्न गर्ने र उहाँहरको अनुभव ज्ञान लिने भन्ने उदेश्यका साथमा कार्यक्रम गरिएको बताउनु भयो ।
अहिले हामीले आफना बाबुनानीलाई विदेशका लागी उत्पादन गरिरहेको जस्तो भएको र क्षमतावान व्यक्तीले फरक तरिकाले पनि आफै देशमा गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रमुख कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले बताउनु भयो ।
Comments are closed.