लकडाउन उल्लंघन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो ।

सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायब महानिरीक्षक पोखरेलले बताए । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘ अब सामाजिक दूरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’

नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको उनले जनाए ।

सरकारले कोरोना  रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.