नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज एउटा जहाज नेपालमा रहेका अस्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्काे जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ । दुई वटै उडान अप्रिल २ तारिखमा हुनेछन् ।
अप्रिल १ मा अस्ट्रेलियाको सिड्नी जाने तयारी रहे पनि त्यो स्थगित भएकाले ब्रिस्बेन जान लागेको निगमले जनाएको छ । नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टड गरेको छ ।
‘अहिलेलाई सिड्नी जाने स्थगित भएको छ, हामी २ तारिखमा ब्रिस्बेन जान्छौं, यसको सबै चाँजोपाँचो नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले गरेको छ, ब्रिस्बेनपछि सिड्नीको उडान पनि हुन सक्छ’, नेपाल वायुसेवा निगमको अपरेशन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले उज्यालोसँग भन्नुभयो ।
Comments are closed.