तीन जना भारतीय नागरिकमा कोभिड-१९ पुष्टि पत्रकार सम्मेलन मार्फत औपचारिक जानकारी गराउने तयारी

नेपालमा रहेका तीन जना भारतीय नागरिकमा कोभिड-१९ पुष्टि भएको छ ।

वीरगन्जमा उपचार गराइरहेका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट नेपाल आएका उनीहरुमा कोरोना भएको पुष्टि भएको हो ।

मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत यसको औपचारिक जानकारी गराउने तयारी गरेको छ । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा सातौ दिनमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको पाइएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ ।

उनीहरुलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयामा रहेको मस्जिदमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै गएको माघ ९ गते कोरोना पुष्टि भएका एक जना पुरुष उपचारपछि निको भएका छन् भने अरु ८ जनाको उपचार चलिरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई दुई जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.