कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनको शव व्यवस्थापन समेत भइसकेको  छ। हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.