धनगढी उपमहानगरपालिकामा लागूऔषधसहित २ जना पक्राउ….

 

कैलालीको धनगढी उपमहानगरपालिकामा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका २ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र कैलालीको धनगढी उपमहानगरपालिकाका २९ वर्षीय चक्रसिंह पार्की पक्राउ परेका हुन्। मल्लको कोठाबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन र पार्कीको होटलबाट ४ ग्राम ३०० लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उहाहरुको साथबाट ४६ हजार ४०५ नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.