कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा शुरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा शुरु भएको छ । मंगलबारदेखि नगरपालिका सभा शुरु भएको हो । कञ्चनपुरको नगरपालिकाका प्रवक्ता महेन्द्र खडकाले नगर सभा शुरु भएको बताए । प्रवक्ता खडकाका अनुसार आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष शुशिल भटले प्रस्तुत गर्नु भएको बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखकको अनुमतिमा समाजिक विकास समितिका संयोजक समेत रहेका कार्यपालिका भटले नीति, कार्यक्रम तथा बजेट प्रंस्तुत गरेको प्रवक्ता खडकाले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखकले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो भने नगर प्रमुख पदम बोगटीले न्याय समिति गठन विधेयक प्रस्तुत गर्नुृ भएको थियो । कार्यक्रममा राज्यमन्त्रीद्वय मान बहादुर सुनार, टिका रैका, आर्थिक मामलामन्त्री प्रकास रावल र प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भटको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.